Mon. Apr 20th, 2026

१७ औं चीन-आशियान एक्स्पोमा २.६ खर्ब लगानी सम्झौता

       

काठमाडौं, २०७७ मंसिर १३ गते शनिबार

१७ औं चीन-आशियान एक्स्पोको सम्झौतामा हस्ताक्षर समारोह नोभेम्बर २७ तारिख चीनको क्वाङसी प्रान्तीय नाननिङमा आयोजित भएको छ।

चिनिया अन्तरराष्ट्रिय रेडियो सीआरआईका अनुसार सो समारोहमा विभिन्न पक्षबाट हस्ताक्षरित ८६ वटा लगानी सम्झौताको कूल रकम २ खर्ब ६३ अर्ब ८७ करोड चिनियाँ युआन बराबर छ जुन गत वर्षको तुलनामा ४३.६ प्रतिशतले वृद्धि भएको छ।

चीन-आशियान एक्स्पो आयोजित भएको १७ वर्षमा बढी भन्दा बढी चिनियाँ तथा विदेशी व्यवसायहरूले यसै मञ्चमार्फत् व्यापारिक मौका पाइरहेका छन्। साथै चीन तथा आशियानमा बेल्ट एण्ड रोड सम्बद्ध मुलुकको बजारलाई पनि विस्तृत गरिएको छ।

Facebook Comments