Sat. Jul 27th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडनलाई शुभकामना व्यक्त

काठमाडौं, २०७७ मंसिर १२ गते शुक्रबार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २५ तारिख जोसेफ बाइडनलाई शुभकामना सन्देश पठाउँदै उहाँ अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन अमेरिका सम्बन्ध स्वस्थ र स्थिर रुपमा विकसित पार्नु नै दुवै देशका जनताको मूलभूत हितसँग अनुकूल मात्र नभई समस्त अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा रहेको औँल्याउनुभएको छ।

चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार  दुवै पक्षले सहमति र सामञ्जस्यता बनाउने, एकले अर्काको सम्मान गर्ने र सहकार्यमार्फत साझा जित हुने भावनालाई कायम राख्नुका साथै दुवै देशको सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा अघि बढाउँदै जाने आशा पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।

सोहि दिन चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले कमला हारिसलाई शुभकामना सन्देश पठाउँदै उहाँ अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई व्यक्त गर्नुभएको छ।

Facebook Comments