Sun. Apr 19th, 2026

श्रीलंकामा बस दुर्घटना, ४० जना भन्दा बढी गार्मेन्ट मजदुर घाइते   

दुर्घटना

       

कोलम्बो । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० जना भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् ।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट चिप्लिएर तल खसेको थियो । सबै घाइतेहरूलाई उपचारका लागि नजिकैको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनास्थल रहेको डेहिओविटा पहाडी क्षेत्र हो र दुर्घटनाको समयमा सडक वर्षाका कारण चिप्लो भएको प्रहरीले जनाएको छ । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

श्रीलंकाको पहाडी क्षेत्रमा यस्ता दुर्घटना विशेषगरी वर्षायाममा बारम्बार हुने गरेको जनाइएको छ ।  सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार