Mon. Apr 20th, 2026

सप्तरीमा सर्पदंशबाट एकजना महिलाको मृत्यु   

       

राजविराज (सप्तरी) । यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुरमा आज सर्पदंशबाट एकजना महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार