खोलामा डुबेर दुई बालकको मृत्यु
इटहरी (सुनसरी) । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी-३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी-२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पु-याइएको थियो ।
अस्पताल पु-याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिनुभयो । रासस
Facebook Comments

