Tue. Apr 21st, 2026

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ   

       

काठमाण्डू, २०८२ असार २५ गते बुधबार । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभएको हो । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गर्नुभएको थियो ।

Facebook Comments