Sun. May 19th, 2024

पाकिस्तानमा भ्यान खोलामा खस्दा ८ जनाको मृत्यु, ११ जना घाईते

काठमाडौं, २०७७ मंसिर २ गते मंगलबार

-सिन्ह्वा न्यूज एजेन्सी

पाकिस्तानको उत्तर पश्चिमी जिल्ला नौशेरामा एक यात्रुवाहक भ्यान खोलामा खस्दा ८ जनाको मृत्यु भएको छ ।

एक सरकारी अधिकारीले सिन्ह्वालाई बताए अनुसार सो दुर्घटनामा ११ जना घाईते भएका छन् । दुर्घटनाग्रस्त भ्यानले ठक्कर दिँदा सडकमा सवार एक महिला र एक बच्चाको पनि ज्यान गएको छ ।

दुर्घटना लगत्तै प्रहरी र उद्धारकर्ताहरुले घाईतेहरुलाई उपचारको लागि नजिकैको अस्ताल लगेका थिए । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । तिब्र गतिमा हुईकिरहेको भ्यानलाई चालकले घुम्ति सडका नियन्त्रण गर्न नसक्दा सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

Facebook Comments