हात्तीको आक्रमणबाट मृत्यु
भद्रपुर (झापा), २०८२ असार १९ गते बिहीबार । बिर्तामोड-७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । रासस
Facebook Comments

