चीनमा सन् २०२० को शरद ऋतु अन्न खरिद सुरू
![](http://voiceofkathmandu.com/wp-content/uploads/2020/11/China.jpg)
काठमाडौं, २०७७ कात्तिक २२ गते शनिबार
सन् २०२० चीनको शरद ऋतु अन्न खरिद कार्य हाल चौतर्फी रूपमा सुरू हुनुका साथै अन्नको खरिद भाउ स्थिर रहेको छ। चिनियाँ राष्ट्रिय खाद्य र सामग्री भण्डार ब्युरोबाट नोभेम्बर ६ तारिख आयोजित पत्रकार सम्मेलनमा प्रमुख छिन युयुनले उक्त जानकारी दिनुभएको हो।
उहाँका अनुसार, अक्टोबर ३१ तारिखसम्म कुल २ करोड १६ लाख ३० हजार टनको शरद ऋतु अन्न खरिद गरिसकेको छ। गत वर्षको तुलनामा ९ लाख ५० हजार टन वृद्धि भएको छ।
सीआरआईका अनुसार चालु वर्ष कोभिड-१९ महामारी तथा प्रकोपको प्रभावमा चीनमा मुख्य प्रकारको खाद्यन्नको भाउ बढेको छ र बढेको भाउको प्रभाव पनि परेको छ। बजारमा खाद्यन्नको मात्रा बढ्नुका साथै हाल बजार भाउ क्रमशः स्थिर बन्दै आएको छ।
Facebook Comments