Sun. Jul 13th, 2025

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद्को सदस्यमा सिफारिस

वरिष्ठ अधिवक्ता महेश नेपाल

भिओके समाचार/काठमाण्डू, २०८२ जेठ २९ गते बिहीबार । वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद्को सदस्यमा सिफारिस हुनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गर्नुभएको हो । वरिष्ठ अधिवक्ता नेपालका अनुसार प्रधानमन्त्री ओलीले आजै उहाँको नाम सिफारिस गर्नुभएको हो । नेपालको संविधान, २०७२ मा न्यायपरिषदमा प्रधानमन्त्रीको सिफारिसमा एकजना कानुनविद्लाई सदस्य पदमा नियुक्त गर्ने व्यवस्था रहेको छ । संसदीय सुनुवाईपछि मात्र नेपालको नियुत्तिको प्रक्रिया अघि बढ्नेछ ।

न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारीको आउदो असार १० गते चार वर्षे पदावधि सकिएर अवकाश हुँने समय आउनै लाग्दा वरिष्ठ अधिवक्ता नेपाललाई रिक्त हुन लागेको सदस्य पदमा सिफारिस गरिएको हो ।

नेपाललाई २०७४ साल साउन २५ गते बुधबार सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । वरिष्ठ अधिवक्ता नेपालको जन्म २०१८ साल असार ३ गते भोजपुर जिल्लाको पोखरे गाउँमा भएको हो ।

नेपाल ल क्याम्पस काठमाण्डूबाट वरिष्ठ अधिवक्ता नेपालले २०४६ सालमा कानूनमा स्नातक गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता नेपाल काठमाण्डूलाई कर्मथलो बनाएर कानूनी क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

Facebook Comments