Sun. Apr 19th, 2026

सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस   

       

काठमाण्डू, २०८२ जेठ २७ गते मंगलबार । न्याय परिषद्ले सर्वाेच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहनुभएको छ ।

न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम सिफारिस गरेको हो । रासस

Facebook Comments