Sun. Apr 19th, 2026

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतको आदेश

       

काठमाण्डू, २०८२ जेठ २१ गते बुधबार । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा सर्वाेच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।

संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै सो आदेश आएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमायाको पक्षमा उत्प्रेषणयुक्त आदेश दिएको हो ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वाेच्च अदालतको आदेश, पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलद्वारा रिट दायर ।।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेल समेतले रिट दायर गर्नुभएको थियो । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो ।

Facebook Comments