Tue. Jul 28th, 2026

ताईवान जलडमरुमा आगोसँग खेल्न चाहने अमेरिकी राजनीतिज्ञहरूले भारी मूल्य चुकाउनुपर्ने चीनको चेतावनी

       

काठमाडौं, २०७७ कात्तिक १३ गते बिहीबार

ताईवानलाई तीन हतियार प्रणाली बेच्ने गत हप्ताको योजना अनुमोदन पछि, अमेरिकी सरकारले हालै ताईवानलाई ‘हारपुनू’ कोस्टल डिफेन्स प्रणालीका १०० सेट बेच्न स्वीकृति दिएको छ । जसको कुल मूल्य २ अर्ब ४० करोड अमेरिकी डलर छ । यसले के स्पष्ट हुन्छ भने, यो अमेरिकाले ताईवान जलडमरु वारपार सम्बन्धमा तनाव जगाउने प्रयास गरिरहेको छ र साथै चीनको विकास रोक्ने प्रयास गरिरहेको छ । तर चीनले हालै लक्षित प्रतिरोध कदम लागू गरेको छ। चीनले राष्ट्रिय पुनर्मिलनको प्रक्रियामा अवरोध खडा गर्ने कुनै पनि प्रयासलाई दृढतापूर्वक परास्त गर्ने बताएको छ।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार एक चीन सिद्धान्त चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार हो। ताईवानको मुद्दाले चीनको मुख्य हितलाई चिन्तित बनाएको छ र चीन-अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील मुद्दा पनि छ। यद्यपि हालको अमेरिकी सरकार सत्तामा आएदेखि केही राजनीतिज्ञहरूले यो “रातो रेखा”लाई छोइरहेका छन्। चिनियाँ जनता शान्ति मन पराउँछन्, तर आफ्नो सार्वभौमिकता र सुरक्षालाई कहिल्यै क्षति हुन दिने छैनन्।

ताईवान अन्तर्राष्ट्रिय रणनीति अध्ययन केन्द्र र ताईवान अन्तर्राष्ट्रिय अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको “ताईवान जलडमरु सुरक्षा” सर्वेक्षणले देखायो कि सर्वेक्षणमा सहभागी ९४ प्रतिशतले जनताले दुबै पक्षको शान्तिपूर्ण सहअस्तित्वको आशा गरेका छन्। ८० प्रतिशत भन्दा बढीले पारस्परिक संचारमा सहमति जनाएका छन्। यो मूलधारको सार्वजनिक धारणा हो।

यद्यपि अमेरिकी राजनीतिज्ञहरूले ताईवान जलडमरु वारपारको सम्बन्धलाई तनाव बढाउन सक्दो प्रयास गरिसकेका छन् र ताईवानको प्रजातान्त्रिक प्रगतिशील पार्टी अधिकारीहरूले जानाजानी “बलपूर्वक स्वतन्त्रताको योजना बनाएका थिए”, तर दुई किनार पुनर्मिलनको ऐतिहासिक प्रवृत्तिलाई कसैले वा कुनै शक्तिले रोक्न सक्दैन।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read