आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
काठमाण्डू, २०८२ जेठ १६ गते शुक्रबार । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाण्डूउपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । रासस
Facebook Comments

