Wed. Jun 3rd, 2026

ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त   

       

काठमाण्डू, २०८२ वैशाख १० गते बुधबार । ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा आज गर्नुभएको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त हुनुभएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । पुनर्रगठनसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।

पुनःगठित मन्त्रिमण्डलमा प्रधानमन्त्रीसहित २२ मन्त्री र दुई राज्यमन्त्री हुनुहुन्छ ।  रासस

Facebook Comments