कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.धामी
कर्णाली, २०८२ वैशाख ८ गते सोमबार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सह–प्राध्यापक डा. डबलबहादुर धामी नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा. धामीलाई दिइएको प्रतिष्ठानले जनाएको । प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर)समेत रहनुभएका डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सूचारु गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो । रासस
Facebook Comments

