२०८३ कार्तिक २१, शनिवार

प्रधानमन्त्रीद्वारा वरिष्ठ पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री ओली केपी शर्मा ओली सोमबार आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेर पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

       

काठमाण्डू, २०८१ चैत १८ गते सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओली आज आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय पुगे कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्य रहनुभएका कोइरालाको आइतबार राति ८७ वर्षको उमेरमा राति निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । पत्रकार, लेखक तथा कूटनीतिज्ञसमेत रहनुभएका कोइरालाको पक्षघात भएपछि उपचारका क्रममा अस्पताल निधन भएको थियो । रासस

Facebook Comments