Wed. Jun 3rd, 2026

स्ववियु निर्वाचन सम्पन्न   

गोरखा क्याम्पस -मतदान गोरखा, ५ चैतः गोरखा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को जारी निर्वाचनमा मत खसाल्दै मतदाता । तस्बिरः दीपक श्रेष्ठ/रासस

       

काठमाण्डू, २०८१ चैत ५ गते मंगलबार । त्रिभूवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ ।

किमाथाङ्का (सङ्खुवासभा), ५ चैत : स्ववियु निर्वाचनको मतगणना/सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना गरिँदै । यहाँ चार सय ५८ मतदातामध्ये तीन सय ७२ जनाले मतदान गरेका थिए ।तस्बिर : भविन कार्की/रासस

बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले छिटफुट घटनाबाहेक सबै क्याम्पसमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न जानकारी दिनुभयो । उहाँका अनुसार ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन् । यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन् ।

चन्द्रपुर(रौतहट), ५ चैत : स्ववियु निर्वाचन/रौतहटको चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पसमा मङ्गलबार भएको स्ववियु निर्वाचनको मतपेटिका मतगणनास्थल तर्फ लैजाँदै सुरक्षाकर्मी । उक्त क्याम्पसमा दुई हजार ९५४ मतदाता मध्ये एक हजार ६८७ मत खसेको छ । तस्बिर : रमेश तिमलसिना/रासस

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविले प्रत्येक दुई/दुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ । रासस

Facebook Comments