Tue. Apr 21st, 2026

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आउने नभेम्बरमा आयोजना हुने

       

काठमाडौं, २०७७ असोज ९ गते शुक्रबार

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो सन् २०२० को नभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। त्यसको लागि संचारमाध्यम दर्ता सेवारत केन्द्र सेप्टेम्बर २४ देखि अक्टोबर २० तारिखसम्म खुला रहनेछ।

सीआरआईका अनुसार महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख्यतया चिनियाँ पत्रकार तथा चीनको मुख्य भूमिमा रहेका विदेशी पत्रकारलाई निमन्त्रणा गरिएको छ। पत्रकारहरूले आधिकारिक वेभसाइट, एप्स तथा वीच्याट खातामा दर्ता गर्न पाउने जनाइएको छ।

Facebook Comments