Thu. Jan 16th, 2025

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ जना पुग्यो   

याङ्गोन, २०८१ माघ २ गते बुधबार ।  उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ ओटा शवहरू फेला परेको छ ।

गत जनवरी १३ र १४ गते थप नौ शव फेला परेको प्रहरी अधिकारीले जानकारी दिए । बुधबार पनि उद्धार कार्य जारी रहेको छ ।

हपाकान्त नगरपालिकाको खानी क्षेत्रमा रहेको माटोको पोखरी भत्किँदा सोमबार भीषण दुर्घटना भएको हो ।

दुर्घटनाका कारण ५७ घर पनि माटोमुनि पुरिएको अधिकारीले बताए ।

भत्किएको माटोको मात्रा धेरै भएकाले तल गाडिएका मानिस निकाल्न कठिन भएको छ ।

Facebook Comments