Wed. Jan 15th, 2025

पर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउँछः सभामुख घिमिरे   

काठमाण्डू, २०८१ माघ १ गते मंगलबार ।  प्रतिनिधिसभा अध्यक्ष देवराज घिमिरेले माघे सङ्क्रान्ति माघी पर्वजस्ता परम्परागत चाडपर्वले आपसी मेलमिलापलाई प्रगाढ बनाउने बताउनुभएको छ ।

सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गर्दै माघे सङ्क्रान्ति/माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नयाँ पुस्तालाई गौरवमय इतिहास र संस्कृति बुझ्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।

राससका अनुसार “नेपाल विविध संस्कृतिको धनी राष्ट्र हो, यहाँ मनाइने प्रत्येक पर्व केवल धार्मिक वा ज्योतिषीय मान्यतामा आधारित छैनन्, यी पर्वहरूले हाम्रा सामाजिक, आर्थिक र पर्यावरणीय पक्षलाई पनि प्रतिनिधित्व गरेका छन्,” सभामुख घिमिरेले भन्नुभएको छ, “नेपाली मौलिक चाडपर्वले हाम्रो सभ्यता, समाजप्रतिको जिम्मेवारी र प्राकृतिक चक्रसँगको सहकार्यलाई झल्काउँछन् ।”

Facebook Comments