Sat. Jan 11th, 2025

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण   

- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडी रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस

काठमाण्डू, २०८१ पुस २७ गते शनिबार । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेटस्थित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा सम्मान प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडी रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस

प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेटस्थित नेपाल एकीकरण अभियानका प्रणेता पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्य्रकममा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको टोली । तस्बिर : किरणराज बिष्ट / रासस
पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेटस्थित नेपाल एकीकरण अभियानका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको टोली । तस्बिर : किरणराज बिष्ट / रासस
Facebook Comments