Fri. Sep 20th, 2024

चीन र भारतद्वारा सिमावर्ती मामिलाको छलफल र समन्वय सम्बन्धी कार्य व्यवस्थाको १८औं बैठक आयोजित

काठमाडौं, २०७७ भदौं ५ गते शुक्रबार

चिनियाँ परराष्ट्र मन्त्रालयको सीमावर्ती र समुद्री मामिला विभागका प्रमुख हुङ ल्याङले अगष्ट २० तारिख भारतको विदेश मन्त्रालयको पूर्वी एशिया विभागका सचिव नवीन श्रीवास्तवसँग भिडियो तरिकाबाट चीन र भारत बीचको सिमावर्ती मामिलाको छलफल र समन्वय सम्बन्धी कार्य व्यवस्थाको १८औं बैठकको अध्यक्षता गर्नुभएको छ। दुई मुलुकका कूटनीति, राष्ट्रिय प्रतिरक्षा र अध्यागमन लगायत विभागका प्रतिनिधिहरु सो बैठकमा सहभागी भएका छन्।

काठमाडौं, २०७७ भदौं ४ गते बिहीबार दुई पक्षले हिजोआज चीन र भारत बीचको सीमावर्ती क्षेत्रको परिस्थितिको पुनरावलोकन गर्दै त्यस क्षेत्रमा दुवै पक्षका सेना बीचको भिडन्त रोकिएको विषयमा प्राप्त प्रगतिको सक्रिय मूल्यांकन गरेका छन्। यसका साथै दुवै पक्षले बाँकी समस्याहरुबारे खुला तथा गहन रुपमा वैचारिक आदान-प्रदान गरी आपसी जानकारी बढाएका छन्। दुई देशका परराष्ट्र मन्त्री बीच सम्पन्न सहमतिलाई निष्ठापूर्वक अपनाउने, बाँकी रहेको समस्याको उचित रुपमा समाधान गर्ने र सीमावर्ती क्षेत्रको शान्तिको संयुक्त रुपमा संरक्षण गर्ने विषयमा दुवै पक्ष सकारात्मक भएका छन्।

Facebook Comments