Fri. Sep 20th, 2024

६८१ जना थपसहित कुल कोरोना सङ्क्रमित हरुको संख्या २८ हजार ९३८ पुग्याे

काठमाडौं, २०७७ भदौं ३ गते बुधबार

कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार  ५५२ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

उहाँका अनुसार नेपालमा अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमितहरू रहेका छन् । संस्थागत अाइसाेलेसनमा सातहजार ९८७ र हाेममा तीनहजार १३१ रहेका छन् । क्वारेन्टिनमा  १३ हजार ५७१ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार सातसय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बुधबार छ जनाको मृत्यु

बुधबार छजनाको मृत्यु कोरोना भाइरसका कारणले भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । काठमाडौँ र बर्दियामा एक/एक महिला र भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक/एक जना महिलाको भाइरसका कारणले मृत्यु भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments