Sat. Oct 12th, 2024

प्रधानन्यायाधीश क्वालालम्पुरमा   

काठमाण्डू, २०८१ असोज २५ गते शुक्रबार । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी हुनुभएको छ ।

राससका अनुसार मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल हुनुहुन्छ ।

Facebook Comments