Fri. Oct 11th, 2024

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो   

गोरखा २०८१ असोज २४ गते बिहीबार । गोरखा दरबारस्थित दसैँघरबाट काठमाण्डूको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो ।

राससका अनुसार  बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाण्डूको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाण्डूको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो ।

Facebook Comments