Tue. Oct 8th, 2024

 दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान   

काठमाण्डू, २०८१ असोज २२ गते मंगलबार । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर् आह्वान गरेको छ ।

राससका अनुसार   फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका कारण संवेदनशील हुन अनुरोध गर्नुभएको हो । असहज अवस्थामा कम यात्रा गर्न, मितव्ययी बनी चाड मनाउन फाउन्डेसनले सबैमा आह्वान गरेको छ ।

फाउन्डेसनले सांस्कृतिक पर्वलाई संवेदनशील, सद्भावना, कम यात्रा र लागत प्रभावकारी रूपमा मनाउन जिम्मेवार नागरिकमा अनुरोध गरेको हो । फाउन्डेसनले नेपाल तथा नेपाल बाहिर रहेका सबै दिदीबहिनी तथा दाजुभाइमा बडादसैँको शुभकामनासमेत व्यक्त गरेको छ ।

Facebook Comments