Tue. Oct 8th, 2024

पश्चिम बङ्गालमा कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु, कैयौँ घाइते  

नयाँदिल्ली, २०८१ असोज २१ गते सोमबार । पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट दुई सय १७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गङ्गारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो ।

सिन्ह्वाका अनुसार प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।

“सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ”, एक प्रहरी अधिकारीले भन्नुभयो, “घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।”

विस्फोटको कारणबारे अनुसन्धान जारी छ ।

Facebook Comments