Wed. Oct 2nd, 2024

यस्ता छन् चीनका अल्पसंख्यक जाति

काठमाण्डू, २०८१ असोज १५ गते मंगलबार । अक्टोबर १ तारिख जनगणतन्त्र चीनको राष्ट्रिय दिवस हो। यस दिवसलाई चीनमा भव्य रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने गरिन्छ ।

2024100115084312730-1727775954.jpeg
चीन एउटा एकीकृत बहुजातीय मुलुक हो र यो संसारमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। चीन सरकारद्वारा स्वीकृत जाति ५६ वटा छन्। चीनका जातिहरुमध्ये हान्, मंगोलियाली, व्ही, तिब्बती, युगुर, म्याओ, इ, च्वांग, पु इ, कोरियाली, मान्, तोङ, याओ, पाइ, थु च्या, हा नि, कजाक, ताइ, ली, ली सु, वा, श, काओ शान्, ला खु, सुइ, तोङ स्याङ, ना सि, खर्खज, थु, तावर, मो लाओ, छिआन्, पुलाङ, सा रा, माओ नान्, छी लाओ, सि पो, आ छांग, फु मि, ताजिक, नु, उज्वेक, रुसी, अ वन् ख, त आंग, पाओ आन्, यु कू, चिंग, तातार, दु लोंग, अ रुंग छुन्, ह च, मन् पा, लो पा, चि नो रहेका छन्। हान् जातिबाहेकका अरू ५५ वटा अल्पसंख्यक जाति भनिन्छ।

2024100115085112961-1727775976.jpeg
सातौं राष्ट्रिय जनगणनाअनुसार, सन् २०२० नोभेम्बर १ तारिखसम्म १२ करोड ५४ लाख ६७ हजार ३ सय ९० जना भएर चीनको कुल जनसंख्यामा  अल्पसंख्यकले ८.८९ प्रतिशत ओगटेको छ। छैठौं राष्ट्रिय जनगणनाको तुलनामा अल्पसंख्यक जाति १०.२६ प्रतिशतले बढेको छ।

चीनले जातीय समानता, एकता तथा साझा समृद्धि र जातीय क्षेत्रमा स्वशासन भन्ने जातीय नीति लागू गरेको छ।

चीनमा जातिको संख्या, आर्थिक तथा सामाजिक विकास स्तर, रीतिरिवाज तथा धर्ममा विविधता भए तापनि एकै परिवारमा सबै समान छन्। विभिन्न जातिसँग समान अधिकार र फाइदा हुनुका साथै समान दायित्व छ।

विभिन्न जातिले समान र मैत्रिपूर्ण सह-अस्तित्वको व्यवहार गर्नुका साथै आपसी सम्मान र सहयोग गर्नुपर्छ। सन् २०१८ मार्च ११ तारिख तेह्रौं चिनियाँ जन काँग्रेसको पहिलो बैठकबाट पारित संविधानको संशोधन विषयअनुसार, देशले विविध अल्पसंख्यक जातिको वैधानिक अधिकार तथा फाइदाको संरक्षण गर्नुका साथै विविध जातिबीच समान, एकीकृत, पारस्परिक सहयोग र मेलमिलाप सम्बन्धको संरक्षण तथा विकास गरेको छ।  कुनै जातिमाथि भेदभाव र दमन निषेध छ।

जातीय क्षेत्रमा लागू हुने स्वशासनको परिपाटी चीनको एउटा महत्वपूर्ण राजनीतिक परिपाटी हो। त्यसको अर्थ के हो भने मुलुकको एकीकृत नेतृत्वमा विभिन्न अल्पसंख्यक जातिहरुले बसोबास गरेका क्षेत्रहरुमा क्षेत्रीय स्वशासन लागू हुने गर्दछ। ती क्षेत्रहरुमा स्वायत्त सरकारी कार्यालय खडा हुने र स्वायत्त अधिकारको प्रयोग गर्ने गरिन्छ। स्वायत्त क्षेत्रले आफ्नो स्थानीय वास्तविकता अनुसार मुलुकको ऐन-कानून र नीतिको निर्माण तथा कार्यान्वयन गर्न पाउने कुरालाई केन्द्रीय सरकारले सुनिश्चितता प्रदान गर्दछ र ठूलो मात्रामा विभिन्न तहका अल्पसंख्यक जातीय कार्यकर्ताहरु, विभिन्न कर्मठ इलमी व्यक्ति र प्राविधिज्ञहरुलाई हुर्काउने गर्दछ।

जातीय स्वायत्त क्षेत्रका विभिन्न जातिका जनताले देशभरिका जनता सँगसँगै मिलेर चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा जन-शक्तिलाई केन्द्रित पारी समाजवादी आधुनिक समाजको निर्माण गर्नुका साथै जातीय स्वायत्त क्षेत्रको स्थानीय सांस्कृतिक तथा आर्थिक विकासमा गतिशीलता ल्याई एकताबद्ध र समृद्धिशाली जातीय स्वायत्त क्षेत्रको निर्माण गर्दछन्। सीएमजी

Facebook Comments