Mon. Sep 30th, 2024

एभरेष्ट महिला भलिबल लिग आजदेखि

काठमाण्डू, २०८१ असोज १४ गते सोमबार । एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल शुरु हुन लागेको हो ।

यही असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस युनाइटेड, काठमाण्डौ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ । यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् ।

उद्घाटन खेलमा आज दिउँसो पौने ४ बजे काठमाण्डौ स्पाइकर्सले ललितपुर क्विन्ससँग खेल्दैछ । आजै बेलुका पौने ६ बजे मधेश युनाइटेडसँग कर्णाली यस्भिस खेल्दैछ ।

यस्तै राति पौने ८ बजे चितवन शक्ति र  गण्डकी थन्डर्स पनि खेल्दैछन् । राउन्ड रोविन लिगका खेलपछि तालिकाको शीर्ष दुई टोलीबिच असोज १९ मा फाइनल खेल हुने छ ।

Facebook Comments