Mon. Sep 30th, 2024

बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ जना पुग्यो

काठमाण्डू, २०८१ असोज १४ गते सोमबार । बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ जना पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।

Facebook Comments