Mon. Sep 30th, 2024

चाइना साउदर्न एयरलाइन्सको विश्वसनियता बढ्दोः संकटमा पनि सेवा प्रवाह

भिओके समाचार/काठमाण्डू, २०८१ असोज १३ गते आइतबार । भारी वर्षाले निम्त्याएको संकटका बेला आफ्ना कुनै पनि उडान रद्द नगरी चाइना साउदर्न एयरलाइन्सले नेपालको उडानमा विश्वसनियता थपेको छ ।

लगातारको भारी वर्षाले अधिकांश विमानहरूले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द भइरहदा चाइना साउदर्नले यात्रुहरूको यात्रा अधिकार र हितको रक्षामा प्रतिवद्धता देखाएको हो ।

एअरलाइन्सको काठमाण्डूस्थित कार्यालयले एक विज्ञप्ती जारी गरी भारी वर्षाले निम्त्याएको संकटमा पनि एयरलाइन्सले तुरुन्तै प्रतिक्रिया जनाउँदै उडान सञ्चालनको सुरक्षा र स्थिरता सुनिश्चित गर्न हर सम्भव प्रयास गरेको र यात्रुहरूको यात्रा अधिकार र हितको रक्षामा उच्च महत्व दिएको जनाएको छ ।

क्वाङ चौ (Guang Zhou) बाट काठमाण्डूका लागि उडान गर्ने चाइना साउदर्न एयरलाइन्सको सीजेड३०६७ विमानले सेप्टेम्बर २७ को साँझ खराब मौसमका कारण सामान्य अवतरण गर्न सकेन । अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने वा फर्कने निर्णय गरे सन्दर्भमा चाइना साउदर्नले भने बंगलादेशको ढाका विमानस्थलमा डाइभर्ट गरेर मौसम सुधार भएपछि काठमाण्डू फर्कने योजना बनायो ।

बंगलादेशबाट उडेको दुई घण्टा पछि उक्त विमान काठमाण्डू विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्यो । उडानको सुनिश्चितता र दक्षता सुधार गर्ने क्रममा काठमाण्डूबाट क्वाङ चौको लागि उडान सीजेड३०६८ले ४० मिनेटपछि उडान भरेको थियो । ४ घण्टा ढिलो गरेर भएपनि एअरलाइन्सले नेपाली यात्रुहरूको यात्रा आवश्यकताहरूलाई प्रभावकारी रूपमा पूरा गर्न सफल भएको थियो ।

त्यसैगरी सेप्टेम्बर २८ को साँझमा ग्वाङ्जाओबाट काठमाण्डूको लागि उडान सीजेड ३०६७ मौसमको कारण २ घण्टा ढिला भएको थियो । काठमाण्डूबाट क्वाङ चौका लागि उडान गर्ने सीजेड ३०६८ का ३० यात्रुहरूलाई ट्रान्जिट हुँदै अष्ट्रेलियाको सिड्नीमा जान नपाउने जोखिम थियो ।

चीनको राष्ट्रिय दिवसको बिदामा यात्रुको उच्च चाप हुने कारण यात्रुको व्यवस्थापनमा निकै कठिन मानिन्छ । सिड्नीका लागि सबै उडानका सीटहरू पूरै बुक भएकोले पुनः बुकिंग गर्न वा समय परिवर्तन गर्न असम्भव थियो । यस्तो अवस्थामा ती ३० यात्रुहरू काठमाण्डू वा क्वाङ चौ मा अलपत्र पर्ने अवस्था रहेको थियो ।

यस्तो आकस्मिक समस्यालाई समाधान गर्न चाइना साउदर्न एयरलाइन्सले तत्काल आपतकालीन प्रतिक्रिया चालेको थियो । विभिन्न स्रोतहरूको उपयोग गर्दै टेक(अफ र ल्यान्डिंग समय, उडान मार्ग चयन र ग्राउन्ड ह्याणडलिङ सेवामा छिटो सुधार र व्यवस्थित गरियो । यसले ती ३० यात्रुहरूको सहज गन्तब्यसम्मको उडान सुनिश्चित गर्यो ।

चाइना साउदर्न एयरलाइन्स चीनको सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो, जसले वार्षिक १४ करोड भन्दा बढी यात्रुलाई सेवा पुर्याउँछ । हाल चीनको ग्वान्जाओदेखि काठमाण्डूसम्म दिनको दुई नियमित उडान सञ्चालन गर्दै आएको छ ।

Facebook Comments