Sat. Sep 28th, 2024

बीआरआई मार्फत हातेमालो गर्दै विकासमा साझेदारी गर्न सीजीटीनएन नेपाली सेवाका प्रमुखको आग्रह

- बीआरआई अवसर र चुनौती

रमेश हतुवाली/काठमाण्डू, २०८१ असोज ९ गते बुधबार । चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटीएन (CGTN) नेपाली सेवाका प्रमुख सुमेघाले नेपालसँग बीआरआई मार्फत हातेमालो गर्दै विकास साझेदारीबाट उज्वल भविष्य निर्माण गर्न आग्रह गर्नुभएको छ ।

नेपाल-चीन मैत्री युवा संघ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिस्ट (FFNJ) ले सीजीटीएनसँगको सहकार्यमा काठमाण्डूमा आज आयोजना गरेको बीआरआई अवसर र चुनौती विषयक अन्तरक्रियामा भिडियो सन्देश दिनुहुँदै सुमेघाले सो आग्रह गर्नुभएको हो ।

नेपालमा विमानस्थल निर्माण, सडक निर्माण, सिचाइ, सुरुङ निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका अनगिन्ति क्षेत्रमा बीआरआई मार्फत नेपालले लाभ प्राप्त गर्न सक्छ। काम गर्दै जाँदा आउने कठिनाइ, अवरोध, चुनौति र समस्याहरु आउने गर्छन्। ती सबै कुरालाई अनुकूल बनाएर अगाडि बढ्नु नै आजको युग सुहाउँदो माग हो। त्यसकारण मलाई त नेपालमा बीआरआईले अवसर नै अवसर ल्याउँछ भन्ने लाग्छ। काम गर्दा आउने सानातिना अड्चनलाई चुनौति भन्न आवश्यक छैन।

नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको सो अन्तरक्रियामा सुमेघाले नेपालमा विमानस्थल निर्माण, सडक निर्माण, सिचाइ, सुरुङ निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका अनगिन्ति क्षेत्रमा बीआरआई मार्फत नेपालले लाभ प्राप्त गर्न सक्ने बताउनुभयो । प्रमुख सुमेघाले काम गर्दै जाँदा आउने कठिनाइ, अवरोध, चुनौति र समस्याहरुलाई अनुकूल बनाएर अगाडि बढ्नु नै आजको युग सुहाउँदो माग हो भन्नुभएको छ । प्रमुख सुमेघाले नेपालमा बीआरआईले अवसर नै अवसर ल्याउँछ भन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि सार्नु भएको बीआरआईले विश्वलाई नयाँ उर्जा प्रदान गरेको छ। नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ। सानो र सुन्दर यो देशको सौन्दर्यले विश्वलाई लोभ्याउँछ। यस्तो विश्वकै अनुपम भूमि नेपालमा भौतिक पूर्वाधार विकासमा साधन र स्रोतको अभाव छ भनेर सबैलाई थाहा भएकै कुरा हो। त्यसकारण चीनले नेपालको पूर्वाधार विकासमा सहकार्य गर्दै नेपाललाई समृद्ध बनाउनका लागि बीआरआई मार्फत हातेमालो गर्न चाहन्छ। त्यसकारण बीआरआई नेपालका लागि एउटा सुनौलो अवसर हो। नेपालले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली नारालाई कार्यान्वयन गर्नका लागि बीआरआई एउटा आधारभूत कोशेढुङ्गा बन्न सक्छ।

सुमेघाको भिडियो सन्देशको पूर्ण पाठ:

आजको यस गरिमामय समारोहका प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहालज्यू,

अतिथिहरु नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालज्यू, नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङज्यू तथा विभिन्न क्षेत्रका मान्य अतिथिहरुसँगै यस कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी हुनु भएका तपाईँ सम्पूर्ण शुभचिन्तक र शुभेच्छुकहरुमा मेरो न्यानो नमस्कार।

चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले नेपाल चीन युवा मैत्री संघ र नेपाली पत्रकारहरुको मैत्री मञ्चसँग मिलेर जनगणतन्त्र चीन स्थापनाको ७५ औँ दिवसका अवसरमा आयोजित नेपालमा बीआरआईका चुनौति र अवसर कार्यक्रममा यहाँहरु सबैलाई स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।

यतिबेला चीनमा शरद यामको खेती भित्र्याउने बेला छ। नेपालमा पनि वर्षा ऋतुको अन्त्य हुन लागेको हिसाबले दुवै देशमा घमाइलो र रमाइलो वातावरण छाएको छ। यस्तो खुशीमय समयमा म चीनको राजधानी बेइजिङबाट काठमाडौँमा रहनु भएका तपाईँहरु शुभचिन्तक र शुभेच्छुकहरुलाई हार्दिक अभिभावना व्यक्त गर्दछु।

आजको कार्यक्रमको विषय निकै गहन र सान्दर्भिक हुनुका साथै चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धमा एउटा कोशेढुङ्गाका रुपमा रहेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले एक दसक अगाडि ल्याउनु भएको बीआरआई परियोजना विश्वव्यापी रुपमा विकास साझेदारको एउटा महत्वपूर्ण साझा मञ्च हो। चिनियाँमा एउटा भनाइ के छ भने तपाईँ धनी हुनु भए पनि तपाईँको छिमेकमा गरिब रहेको छ भने तपाईँको पनि इज्जत रहन्न। यही उखान अनुसार चीनले आफू मात्र धनी बन्ने नभई छिमेकी मुलुकलाई पनि धनी बनाउने कार्ययोजना अनुसार बीआरआई अगाडि सारेको हो।

बीआरआई मार्फत् चीनले आफूसँग भएको पूँजी, जनशक्ति, साधनस्रोत, पहुँच र ज्ञानलाई साझेदार गर्दै आएको छ। आज विश्वमा १५० भन्दा बढी मुलुकहरु बीआरआईमा आवद्ध भएका छन्। चिनियाँ अवधारणाबाट विश्वका हरेक कुनामा बसोबास गर्ने व्यक्तिले लाभ प्राप्त गरिरहेका छन्। यही सन्दर्भमा नेपालले पनि बीआरआईको प्रारम्भिक अवधारणामा हस्ताक्षर गरिसकेको छ। यही अवधारणा अनुसार नेपालको पूर्वाधार विकास, नेपालमा चिनियाँ लगानी, चीन नेपाल सांस्कृतिक आदानप्रदान आदी क्षेत्रमा दुई देशले हातेमालो गर्दैछन्। यो सहकार्य भविष्यमा अझै विस्तार भएर जाने कुरामा दुई मत नरहला।

बीआरआईले स्थानीय संस्कृतिको संरक्षण, विकासमा जनसहभागिता, शान्ति, अहस्तक्षेप, बन्धुत्व, मैत्रीपूर्ण सम्बन्ध र साझा जीतलाई अगाडि सारेको छ। बीआरआईका यी नै मान्यता अनुरुप नेपालले पनि बीआरआईलाई स्वागत गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि सार्नु भएको चिनियाँ शैलीको आधुनिकीकरणले चीनलाई नयाँ बाटोमा डोर्याएको छ। उहाँले अगाडि सार्नु भएका पहलहरु विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलले विश्वबाट राम्रो प्रशंसा पाएका छन्।

सीपीसीका महासचिव, केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चीनले एक दशकमा प्राप्त गरेको उपलब्धिले विश्वमा चीनको शिर अझै उच्च बनाएको छ। यो एक दशकमा चीनले सम्पूर्ण रुपमा गरिबी उन्मुलन गरेको छ। चीनको विकासको प्रभाव चीनभित्र मात्र नभएर विश्वका अधिकांश विकासोन्मुख मुलुकहरुले पनि अनुभूति गर्न पाएका छन्।

चीनले छिमेकी मुलुकहरुलाई सधैँ प्राथमिकतामा राख्ने गरेको छ। सी चिनफिङको छिमेकी कूटनीति अनुसार नेपाललाई चीनले विभिन्न क्षेत्रमा घनिभूत सहयोग गर्दै आएको छ। सन् २०१५ मा नेपालमा गएको विध्वंशकारी भूकम्पको उद्दार र त्यसपछिको पुननिर्माणमा चीनले गरेको सहयोगलाई नेपालीहरुले मुक्त कण्ठले प्रशंसा गरेका छन्। त्यसैगरी कोभिड महामारीको समयमा पनि चीनले नेपाललाई खोप तथा अन्य स्वास्थ्यसामग्री प्रदान गरेको कुरालाई नेपालीले सधैँ स्मरण गरिरहेका छन्। यस्ता कार्यले दुई देशबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको कुरा हामी सबैलाई थाहै छ।

राष्ट्राध्यक्ष सी चिनफिङको सबल नेतृत्वमा चीनले समुल रुपमा गरिबी निवारण गरेर गरिबी निवारणमा विश्वमै ७० प्रतिशतभन्दा बढी योगदान दिएको छ। चीनले प्राप्त गरेका सबै उपलब्धिलाई साझा गर्दै विश्वव्यापी हातेमालोलाई अझै सशक्त बनाउन चीन चाहन्छ। राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ भन्ने गर्नुहुन्छ यो समय भनेको सहकार्य र सहयात्राको समय हो। हामी सबै एउटै डुङ्गाका यात्री हौँ। त्यसकारण एकअर्कामा भर गरेपछि मात्र हामी लक्ष्यमा पुग्न सक्छौँ।

राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि सार्नु भएको बीआरआईले विश्वलाई नयाँ उर्जा प्रदान गरेको छ। नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ। सानो र सुन्दर यो देशको सौन्दर्यले विश्वलाई लोभ्याउँछ। यस्तो विश्वकै अनुपम भूमि नेपालमा भौतिक पूर्वाधार विकासमा साधन र स्रोतको अभाव छ भनेर सबैलाई थाहा भएकै कुरा हो। त्यसकारण चीनले नेपालको पूर्वाधार विकासमा सहकार्य गर्दै नेपाललाई समृद्ध बनाउनका लागि बीआरआई मार्फत हातेमालो गर्न चाहन्छ। त्यसकारण बीआरआई नेपालका लागि एउटा सुनौलो अवसर हो। नेपालले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली नारालाई कार्यान्वयन गर्नका लागि बीआरआई एउटा आधारभूत कोशेढुङ्गा बन्न सक्छ।

नेपालमा विमानस्थल निर्माण, सडक निर्माण, सिचाइ, सुरुङ निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका अनगिन्ति क्षेत्रमा बीआरआई मार्फत नेपालले लाभ प्राप्त गर्न सक्छ। काम गर्दै जाँदा आउने कठिनाइ, अवरोध, चुनौति र समस्याहरु आउने गर्छन्। ती सबै कुरालाई अनुकूल बनाएर अगाडि बढ्नु नै आजको युग सुहाउँदो माग हो। त्यसकारण मलाई त नेपालमा बीआरआईले अवसर नै अवसर ल्याउँछ भन्ने लाग्छ। काम गर्दा आउने सानातिना अड्चनलाई चुनौति भन्न आवश्यक छैन।

अन्तमा नेपालमा आउँदै गरेका ठूला चाडपर्वहरु दशैँ, तिहार र छठका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आउनुहोस् बीआरआई मार्फत हातेमालो गरौँ र विकास साझेदारी गर्दै उज्वल भविष्य निर्माण गरौँ। धन्यवाद।

 

Facebook Comments