Wed. Sep 25th, 2024

इरानका राष्ट्रपति पेजेस्कियन ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने, राष्ट्रपति पुटिसँग भेट्ने तयारी   

तेहरान,२०८१ असोज ८ गते मंगलबार । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अर्को महिना रुसको भ्रमण गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी रहेको सरकारी प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।

अक्टोबर २२ देखि २४ सम्म कजानको भोल्गा उपत्यका सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियनले जुलाईको अन्त्यमा पदभार सम्हालेपछि रुसको पहिलो भ्रमण हुनेछ ।

ब्रिक्स सन् २००९ मा पाँच प्रमुख उदीयमान अर्थव्यवस्था ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको नाम जोडेर स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो । हाल यो इरानसहित केही मध्यपूर्वी देशलाई समावेश गर्न विस्तार गरिएको छ ।

“राष्ट्रपतिले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भ्रमण गर्नुहुनेछ”, इरानी सरकारका प्रवक्ता फातेमा मोहाजेरानीले सञ्चारकर्मीलाई बताउनुभयो , “उहाँले रुसका राष्ट्रपतिसँग द्विपक्षीय बैठक पनि गर्नुहुनेछ ।”

Facebook Comments