Sun. Apr 28th, 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न

विराटनगर, २०७६ कार्तिक १७ गते आईतबार
पूर्वी तराईका विभिन्न जिल्लाहरुमा उदाउँदो सूर्यलाई अर्घ्य दिंदै आज विहान छठ पर्व सम्पन्न गरिएको छ । मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरुमा श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु विहान ३ वजेदेखि नै विभिन्न पूजा सामग्रीहरु बोकेर पुगेका थिए ।


अन्य रातहरुमा सुनसान देखिने सिंगिया खोलाको किनारा रातैभरी विजुली वत्ति, विभिन्न रंगीविरंगी फूल तथा फलफूलहरुले सिंगारिएर रमाई रहेको भान हुन्थ्यो ।
मसान घाटमा समेत मानिसको बाक्लो उपस्थितीले दिउसै डर लाग्ने निर्जन खोला किनाराहरु छठ पर्वकै कारण झकिझकाउ बजार जस्ता देखिएका थिए भने वर्षमा ३ सय ६० दिन दिसा, पिसावले दुर्गन्धित स्थानीय सिंगिया खोला किनारा ५ दिनका लागि भने स्वर्गको कुनै भूभाग जस्तो लाग्दथ्यो । सिंगिया खोला किनारामा गरिएको साज सज्जाले मानिसले चाहे केही पनि असंभव छैन भन्ने सन्देश दिएको थियो ।

sdr

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

dav

sdr

Facebook Comments