Sat. Oct 12th, 2024

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत   

फिक्कल (इलाम), २०८१ साउन २७ गते आईतबार । ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो ।

वि.सं. २०६९ मा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील हुनुभएकी सुनुवार काठमाण्डूको उज्यालो रेडियो नेटवर्कमा आबद्ध हुनुहुन्छ । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसक्नुभएको छ ।

फोनिज इलामले तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडागरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट आदिवासी जनजातिका क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताउनुभयो । रासस

Facebook Comments