Thu. Oct 3rd, 2024

मधेस प्रदेश सरकार पुनःगठन   

महेन्द्रनगर (धनुषा), २०८१ साउन २२ गते मंगलबार । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज मन्त्रिपरिषद् पुनःगठन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुनःगठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट दुई र नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एक/एक जना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

कांग्रेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

त्यसैगरी एमालेका मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादव शक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साह उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सो अवसरमा प्रदेश प्रमुख, सभामुखलगायतका उपस्थिति थियो । रासस

Facebook Comments