Thu. Oct 3rd, 2024

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद विघटन   

ढाका, २०८१ साउन २२ गते मंगलबार । गम्भिर राजनीतिक शंकटमा फसेको बंगलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै आज संसद विगठन गर्नुभएको छ ।

राष्ट्रपतिले संसद विघटन गर्नुभएको राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो । बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि हिजो राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर-उज-जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

गम्भिर राजनीतिक शंकटमा फसेको बंगलादेशमा राष्ट्रपति मोहम्मद साहाबुद्दिनद्वारा संसद विघटन, पूर्वप्रधानमन्त्री खालिदा जिया लगायतका बन्दीहरु नजरबन्दबाट रिहा ।।

यसैबीच बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ । जियालाई उहाँका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उहाँको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो । प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भाग्नुभएको छ । दुईजना महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम-बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई प्रभावित गरेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो । छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि हिजो अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे लगत्तै जियालगायतका विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो । जिया प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टी (बिएनपी) का अध्यक्ष हुनुहुन्छ । एएफपी

Facebook Comments