Thu. Sep 19th, 2024

सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण   

काठमाण्डू, २०८१ साउन १६ गते बुधबार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो ।

“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो । रासस

Facebook Comments