Sat. Sep 21st, 2024

पैचिङमा वर्षाको लागि पहेँलो चेतावनी   

पैचिङ, २०८१ साउन १५ गते मंगलबार । पैचिङ मौसम विज्ञान वेधशालाले दिउँसो २ः५५ बजे वर्षाका लागि पहेँलो चेतावनी नवीकरण गरेको छ ।

बेइजिङमा मङ्गलबार बिहानैदेखि भारी वर्षा भइरहेको छ । नयाँ वर्षाको बादलको प्रभावका कारण दिउँसोदेखि मङ्गलबार रातिसम्म फेरि वर्षा हुने भएको छ । बेइजिङका अधिकांश भागमा एक सय मिलिमिटरभन्दा बढीको सञ्चयी वर्षा हुने र हुइरो, मियुन र पिङगु जिल्लाका केही क्षेत्रमा दुई सय ५० मिलिमिटरभन्दा बढी पुग्नेछ ।

हिमाली तथा पहाडी क्षेत्रमा बाढी र पहिरोजस्ता प्रकोपहरू आउन सक्छन् भने तल्लो भूभाग जलमग्न हुनसक्छ । सबै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बेइजिङमा बिहानदेखि बेलुकी ४ बजेसम्म औसत वर्षा ७० दशमलव आठ मिलिमिटर भएको छ ।

आगामी वर्षाको प्रतिक्रियामा नगरपालिका आपत्कालीन व्यवस्थापन ब्यूरोले नागरिकहरूलाई मौसम चेतावनीका साथ अद्यावधिक राख्न, यात्रा कम गर्न र आवश्यक परेमा सार्वजनिक यातायात प्रयोग गर्न सल्लाह दिएको छ । जनताले प्रकोपको जोखिमयुक्त क्षेत्र, उच्च भोल्टेज लाइन, नदी नाला, तल्लो क्षेत्र र बाहिरी गतिविधिबाट टाढा रहनुपर्छ ।

चीनसँग चार-स्तरीय, रङ-कोड गरिएको मौसमी चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ । सिन्ह्वा

Facebook Comments