Fri. Oct 18th, 2024

चर्चित लोकगायक एलपी जोशीको निधन

काठमाण्डू, २०८१ साउन १० गते बिहीबार । चर्चित लोकगायक एलपि जोशी (लक्ष्मीप्रसाद जोशी) को केहीबेर अघि निधन भएको छ ।

झापाको दमकस्थित आफ्नै घरमा साँझको खाना खाने तयारी गरिरहँदा बेहोस हुनुभएका जोशीलाई उपचारका लागि घर नजिकैको दमक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने वित्तिकै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

८८ वर्षका जोशीले रिटिङ,रिटिङ नबजाउ बिनायो‘लगायतका सयौं कालजयी लोकगीतहरु गाएर चर्चाको शिखरमा पुग्न सफल हुनुभएको छ । जोशीको भोलि अन्तिम संस्कार गरिने दमकस्थित सप्तरंगी एफएमले जनाएको छ । टेलिभिजन नआईसकेको समयमा रेडियो नेपालबाट प्राय सँधैभरी घन्किरहने उहाँका लोकभाखालाई जनताले आफ्नो जीवनको अभिन्न पक्षमा रुपमा हेर्ने गरेका थिए ।

सालीन स्वभावका जोशी सुन्दर चित्र कोर्न सक्ने चित्रकारको रुपमा पनि चिनिनुहुन्थ्यो । तत्कालिन राजा वीरेन्द्रले आफ्नो सुन्दर चित्र कोरेको भन्दै गायक जोशीलाई नगद पुरस्कार समेत दिनुभएको भएको थियो । जोशीका दर्जनौं महत्वपूर्ण चित्रहरु पनि रहेका छन् ।

चर्चित लोकगायक एलपी जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि !

Facebook Comments