Thu. Sep 19th, 2024

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गयो

सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, ऊर्जा मन्त्रालयमा कार्यरत श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज

काठमाण्डू, २०८१ साउन ९ गते बुधबार । आज बिहान काठमाण्डूबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनमा परी एकै परिवारका तीनजनाको ज्यान गएको छ ।

यस दुर्घटनामा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, ऊर्जा मन्त्रालयमा कार्यरत श्रीमती प्रिजा खतिवडा र छोरा अधिराजको ज्यान गएको हो । कान्तिपुरका अनुसार प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत हुनुहुन्थ्यो भने प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै हुनुहुन्थ्यो ।

Facebook Comments