Fri. Oct 18th, 2024

एसिसी महिला एसिया कपः नेपालले एक सय ७९ रनको लक्ष्य पायो   

काठमाण्डू, २०८१ साउन ८ गते मंगलबार । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ७८ रनको योगफल बनायो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र एक छक्कासहित ८१ रन बनाएकी हुन ।

यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउदा सजीवन सजनाले १० तथा ऋचा घोषले छ रन जोडिन् ।

नेपालका लागि सीता रानामगरले दुई र कविता जोशीले एक विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस

Facebook Comments