Sun. Apr 28th, 2024

देउता बैरो भएछ

- कविता

काठमाडौं, २०७७ जेठ १४ गते बुधबार

-नरेन्द्रराज प्रसाई


•••
जिन्दगानी खेल्दा, खेल्दै पैरो गएछ
हामीले पुज्ने देउता बैरो भएछ ।

हेर्दा, हेर्दै घरबारी चिरैचिरा भयो
मानवको चोलाभरि पीडैपीडा भयो
पृथ्वीको धरातलमै पैरो गएछ
हामीले पुज्ने देउता बैरो भएछ ।

कैयौं रात तारा अनि चन्द्रसँग सुत्यौं
पानी अनि असिनामा घरिघरि रुझ्यौं
मानवको आस्थाभरि पैरो गएछ
हामीले पुज्ने देउता बैरो भएछ ।

 

Facebook Comments