Fri. Sep 20th, 2024

डुबेर तीनजनाको मृत्यु   

कास्की, २०८१ साउन ४ गते शुक्रबार । पोखरामा आज भएका दुईवटा छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुईजना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेमा पोखरा-१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा-२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन् । उनीहरु साथीहरुका साथ पौडी खेल्न गएका थिए ।

यसैगरी पोखरा महानगरपालिका-२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ । बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए । रासस

Facebook Comments