Fri. Sep 20th, 2024

आजका मनै छुने तस्विरहरु

तनहुँको व्यास नगरपालिका-५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली ड्रागन फ्रुट (सिउँडी फल) टिप्दै । थोक मूल्य प्रतिकिलोग्राम रु पाँच सय र खुद्रा रु छ सयमा बिक्री भइरहेको कृषक गौलीको भनाई छ । तस्बिरः सानेबहादुर नेपाली/रासस

व्यावसायिक रुपमा च्याउ खेती गर्न दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गैरागाउँमा बनाइएको टनेल । तस्बिर: कुलदीप न्यौपाने/रासस

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गेपुल । उक्त पुलको लम्बाई एक हजार ५७१ मिटर रहेको छ । तस्बिरः अनिल यादव/रासस

तनहुँको व्यास नगरपालिका-१४ छाब्दीस्थित छाङ्गा वाराही झरना । प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिरबाट २० मिनेटको दुरीमा पुगिने यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । तस्बिरः कृष्ण न्यौपाने रासस

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० स्थित नलिञ्चोकमा हालै निर्माण गरिएको हेलिप्याडमा रहेका विभिन्न हेलिकोप्टर । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले ३३ रोपनी क्षेत्रफलमा निर्माण गरि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । तस्बिरः रत्न श्रेष्ठ/रासस

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीलाई शुभकामनासहित विदाइ गर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस

मुगुको सदरमुकाम गमगढी बजारबाट १० मिनेट पैदल दुरीमा रहेको सायाखोला माथिको झोलुङ्गे पुल । सय मिटर लम्बाईमा रहेको यस पुल आवातजावतमा सहजता सँगै स्थानीयको प्राकृतिक दृश्वालोकनको रोजाईमा परेको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस

धनगढी उपमहानगरपालिका-१८ स्थित मोहना नदीमा आएको बाढीमा फसेका नुक्लिपुरका स्थानीयको उद्धार गर्दै नगरप्रहरी । तस्बिर : मीन ठकुरी/रासस

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित बडहराका स्थानिय बालबालिका जङ्गलबाट दाउरा र जङ्गली च्याउ लिएर घर फर्कदै । तस्बिर : कुलदीप न्यौपाने/ रासस

रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा हिलो खेल्दै स्थानियहरु । यस स्थानमा एकअर्कामा हिलो छ्याप्दा शरिरमा लाग्ने रोगहरु निको हुन्छ भन्ने मान्यता चलिआएको छ । तस्बिर : सर्जना कार्की/रासस

Facebook Comments