Fri. Sep 20th, 2024

अध्यक्ष प्रचण्डद्वारा विजयी महिला क्रिकेट टोलीलाई बधाई   

काठमाण्डू, २०८१ साउन ४ गते शुक्रबार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब एमिरेट्स (युएई) सँगको आजको खेलमा ऐतिहासिक विजय हासिल गरेका नेपाली महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले महिला क्रिकेट टोलीलाई जीतका अवसरमा हार्दिक बधाई ज्ञापन गर्नुहुँदै निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गर्नुभयो । आज साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “क्रिकेटमा एकपछि अर्को सफलता हासिल गरिरहेको नेपाली टोलीलाई थप सफलता दिलाउन हामी सबैले सहयोग र प्रेरणा प्रदान गरौँ ।”

आजको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । रासस

Facebook Comments