Thu. Sep 19th, 2024

मध्य गाजामा इजराइली हवाई आक्रमणमा १३ प्यालेस्टिनीको मृत्यु   

गाजा, २०८१ साउन ४ गते शुक्रबार । मध्य गाजा पट्टीको नुसेरत शरणार्थी शिविरमा रहेको इजराइली बमबारीमा कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका प्यालेस्टिनी स्रोतहरूले जानकारी दिएका छन् ।

इजराइली बमबारीले दुई घर ध्वस्त भएको र वरपरका घरहरूमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

बम विष्फोटमा महिला र बालबालिकासहित १३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे इजराइली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो । हमासको आक्रमणमा लगभग एक हजार दुई सय मानिस मारिएका र दुई सय ५० जनालाई बन्धक बनाइएको छ । सिन्ह्वा

Facebook Comments