Sat. Sep 21st, 2024

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन   

काठमाण्डू, २०८१ असार २७ गते बिहीबार । प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ । रासस

Facebook Comments