Thu. Sep 19th, 2024

रुसी सेनामा कार्यरत भारतीयको फिर्ता सुनिश्चित गर्न भारत र रुसबीच छलफल   

 मास्को(रूस), २०८१ असार २५ गते मंगलबार ।  भारतका लागि महत्वपूर्ण कूटनीतिक जीतमा, स्रोतले रुसले रूसी सेनाका लागि काम गरिरहेका भारतीयको फिर्तालाई सहज बनाउने जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा प्रधानमन्त्री मोदीले यो मुद्दा उठाउनु भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मस्कोस्थित राष्ट्रपति निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट वार्ताको क्रममा यस्तो छलफल भएको हो ।

सामाजिक सञ्जाल एक्सको पोस्टमा मोदीले मङ्गलबार साँझ नोभो-ओगेरियोभोमा स्वागत गरेकोमा राष्ट्रपति पुटिनप्रति कृतज्ञता व्यक्त गर्दै भोलिपल्ट पनि वार्ताको प्रतिक्षामा रहेको र वार्ताले भारत र रुस बिचको मित्रतालाई अझ बलियो बनाउन सहयोग गर्ने जनाउनु भएको थियो ।

रुसी सेनाका लागि काम गर्ने भारतीयको मुद्दा विपक्षीहरूले उठाएका थिए र कांग्रसले यस विषयमा सरकारको स्थिति माथि प्रश्न उठाएको थियो ।

कांग्रेस राज्यसभा सांसद जयराम रमेशले प्रधानमन्त्रीलाई प्रश्नको श्रृङ्खलामाा मुद्दा उठाउँदै मस्कोस्थित भारतीय दूतावासको तथ्याङ्क अनुसार कम्तीमा ५०जना भारतीय नागरिक रुसी सेनामा सामेल भएको जनाउनु भएको थियो । ती मध्ये कम्तिमा दुई जना व्यक्ति युद्धमा मारिएको पुष्टि भइसकेको छ ।

यसै विच दुई नेताले युक्रेनको अवस्थाबारे पनि छलफल भएको तथा थप विस्तृत छलफल आज पछि हुने स्रोतले जनाएको छ । सरकारी स्रोतका अनुसार युक्रेन द्वन्द्वको समाधान युद्धभूमिमा पाउन नसकिने भारतको धारणा छ । यो विश्वव्यापी दृष्टिकोण पनि हो र स्वाभाविक रूपमा संवाद र कूटनीति मार्फत द्वन्द्वको समाधानका लागि दुवै पक्षहरू हुनु आवश्यक छ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार सैनिकको चिहानमा पुष्पचक्र अर्पण गर्ने तथा रोसाटम मण्डपको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यसअघि सोमबार प्रधानमन्त्री मोदी २२ औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा दुई दिने आधिकारिक भ्रमणका लागि मस्को पुग्न भएको थियो । रुसका प्रथम उपप्रधानमन्त्री डेनिस मन्टुरोभले प्रधानमन्त्री मोदीलाई भ्नुकोवो-२ विमानस्थलमा स्वागत गर्नु जहाँ प्रधानमन्त्री मोदीलाई औपचारिक स्वागत गरिएको थियो ।  एएनआई

Facebook Comments